लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा बेरोजगारलाई रोजगारी : प्रधानमन्त्री रोजगार कार्यक्रम

IMG

रोजगार सेवा केन्द्र मार्फत १८ देखि ५९ बर्षसम्मका नागरिक लाभान्वित 

प्रकाश पाण्डे ।  तिलोत्तमा नगरलाई सफा हराभरा बनाउन र सार्बजनिक जग्गालाई हरित तथा सरसफाई युक्त बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै सहयोग पुगेको रोजगार संयोजक तिलोत्तमाका शंकर पन्थी बताउछन। नेपाल सरकारबाट बेरोजगारहरुका लागि १ सय दिनको रोजगारीका लागि आबेदन खुलेसंगे वडा मार्फत सिफ़ारिस लिएर आएका खाली बसेका दाजु भाई तथा दिदी बहिनीहरुले अहिले सिप र जाँगर प्रयोग गर्दै रोजगार प्राप्त गरेका छन्। 


बिहानै उठेर खाना खाएर दिनभर रोजगारीका लागि धाउने ति दाजु भाई तथा दिदी बहिनीहरुले नगरको सरसफाई र हरियाली प्रबर्द्धन कार्यक्रमलाई निकै टेवा दिएको पाइञ्छ। बाताबरण शाखाका अधिकृत गोरखनाथ खनालले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारमा आएकाहरुलाई नगरपालिकाले सक्दो काम दिएर उनीहरुलाई रोजगार र आम्दानि संग जोडेको बताएका छन्।  जसले नगरलाई अझ आकर्षक बनाउन र ग्रीन तिलोत्तमा र क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउन ठुलो योगदान पुगेको बताउछन।यसबाट विपन्न परिवार र महिलाहरूलाई घरखर्च चलाउन सहज भएको उनी बताउँछन् । यससँगै विकास निर्माणमा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ ।


नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य पनि यो कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताउँछन् । ‘यस कार्यक्रमबाट विपन्नले काम पाएका छन् । त्यसले उनीहरूलाई घरखर्च चलाउन सहज भएको छ,’ उनी भन्छन् । रोजगारी पनि लक्षित वर्गले नै पाएको उनको भनाइ छ । ‘जसले काम गर्न पाउनुपर्ने हो, उसैले काम गरिरहेको छ,’ उनी भन्छन् ।यससँगै विकास निर्माणमा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ ।


यो कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाएको रोजगार संयोजक शंकर पन्थीले बताउछन। ‘पहिले यहाँका महिला घरको चुल्होचौकामा सीमित थिए । यो कार्यक्रम सञ्चालन भएपछि आयआर्जन गर्न सक्षम भएका छन्,’ उनी भन्छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी सिर्जनासँगै विकासमा पनि टेवा पुर्‍याएको छ । यस कार्यक्रमअन्तर्गत सरसफाई हरियाली प्रबर्द्धन र नगरका सडक सुधारका कार्यक्रम लगायतका पूर्वाधार बनेका छन् । नगरपालिकाका रोजगार संयोजक पन्थी यो कार्यक्रमले विकास निर्माणमा महत्त्वपूर्ण टेवा पुर्‍याएको दाबी गर्छन् ।


प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार नगरपालिकामा आर्थिक वर्ष ०८१/८२ मा सूचीकृत बेरोजगारको संख्या ५५ जना छ । तीमध्ये ५५ जना नै महिला छन् । यो आर्थिक वर्षमा मात्रै होइन, अघिल्ला आर्थिक वर्षमा पनि सूचीकृत बेरोजगारको तुलनामा रोजगारी पाउनेको संख्या न्यून छ ।आर्थिक वर्ष ०८०/८१ मा ४ सय ३५ जनाले आबेदन दिएकोमा ६३ जना बेरोजगार सूचीकृत भएका थिए भने चालु आर्थिक बर्षमा २ सय ९५ जनाले आबेदन दिएका थिए। यस कार्यक्रमअन्तर्गत कतिपय श्रमिकले ज्याला न्यून भएको गुनासो गरेका छन् ।


जिल्ला दर रेट अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको ज्याला एकदमै कम छ । यस कार्यक्रमअन्तर्गत दैनिक ६ सय ६८ रुपैयाँ ज्याला दिने गरिएको छ । जिल्ला दर रेट अनुसार दैनिक ज्याला हजार रुपैयाँको हाराहारीमा छ ।‘कामदारहरूले कम्तीमा जिल्ला दर रेट अनुसार ज्याला भइदिए हुन्थ्यो भन्ने गरेका छन्,’ उनले श्रमिकको गुनासो सुनाए । तिलोत्तमामा बेरोजगार आबेदन फारम भरेर सफ्टवयरले गरेको विभिन्न ८ वटा सुचाक्मा परेर छनौटमा परेका बेरोजगारहरुले १ सय दिनको रोजगारी पाएका हुन्। चैत्र ४ गते देखि असार १४ गते भित्र सक्ने गरि १८ देखि ५९ बर्षसम्मका नागरिकले सार्बजनिक बिकास निर्माण सम्बन्धी काम गर्नेछन् । 


नेपालको संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३३ मा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी गरेको छ । ऐनको दफा ८ को उपदफा (१) मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधान रहेको र उपदफा (३) ले कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने व्यवस्था गरेको छ।


रोजगारीको हकलाई कार्यान्वयनका अतिरिक्त मुलुकभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउने गरी सङ्घ, प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई तर्जुमा गरिएको हो । रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवर्द्धनका विविध पक्षहरूलाई समेत समावेश गरी मन्त्रिपरिषद्ले २०७५ माघ २५ गते प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरेको थियो ।


कमेन्ट गर्नुहोस्