लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आत्मनिर्भर बनाउन महिला दिदीबहिनीहरुलाई जुत्ता चप्पल ककसुज बनाउने तालिम

IMG

तिलोत्तमा-१० का महिला दिदीबहिनीहरुलाई जुत्ता चप्पल ककसुज बनाउने तालिम सम्पन्न भएको छ।महिलाहरुलाई घरमै बसेर सक्षम बनाउन तथा घरेलु उद्योग संचालन गर्न सहज होस् भनेर तिलोत्तमा नगरपालिका वडा नम्बर १० ले यस्तो तालिमको आयोजना गरेको वडा सदस्य बालकृष्ण लम्सालले बताउनुभयो। सो तालिम कार्यक्रममा प्रतिमा पन्थले प्रशिक्षण गर्नुभएको थियो भने कार्यपालिका सदस्य देवकी थारूले महिलाहरुलाई उत्प्रेरणा जगाउन र गाउँमै रहेर सक्षम बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो। १५ दिनसम्म संचालन भएको तालिमले महिलाहरुलाई सो काम प्रति सक्षम बनाएको वडा कार्यालयको भनाई छ। त्यसो त तालिम लिएपछि आफुहरुले घरमै बसेर समय बिताउनुभन्दा सिप सिकेर आय आर्जन गर्न सकिने सहभागी प्रशीक्षार्थी महिलाहरुले बताएका छन्।

कमेन्ट गर्नुहोस्