
बृहत्तर यौनिकता शिक्षा सम्बन्धी अन्तरक्रिया तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको छ। यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा युवा द्वारा संचालित सो कार्यक्रममा युथ च्याम्पियन आकांक्षा भण्डारीको प्रस्तुतिकरण रहेको थियो भने युथ च्याम्पियन प्रभा ज्ञवाली र पुजन सुबेदीले सहजीकरण गरेका थिए।
आ व २०८० /८१ का लागि रुपन्देहीका ६ वटा बिद्यालय र ३ पालिकामा सो सम्बन्धि अन्तरक्रिया गरि यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा सहजीकरण गरिएको प्रस्तुतकर्ता आकांक्षा भण्डारीले बताईन।कार्यक्रममा सामाजिक बिकास समिति तिलोत्तामाका संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरी, शाखा प्रमुख कृष्ण प्रसाद पाण्डे लागायत कर्मचारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्