लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थापना दिवसको अवसरमा मणिग्राम बिश्राम बाटिकाले गर्यो नगर सरसफाई

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु मणिग्राममा रहेको मणिग्राम बिश्राम बाटिकाले  नगरस्तरिय वृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ।स्थापना दिवसको अवसरमा बिश्राम बाटिकाले तिलोत्तमा-६ मोक्षधाममा रहेको मानव सेवा आश्रमका १६२ जना आश्रय लिएका हरुलाई खाद्यान्न वितरण समेत गरेको छ। 


यस क्षेत्रमै उत्कृस्ट हस्पिटालिटीको पहिचान बनाउन सफल मणिग्राम बिश्राम बाटिकाको ३ औँ स्थापना दिवसको अवसरमा होटलले तय गरेको एक दिवसीय कार्यक्रम अन्तर्गत आइतबार बिहान होटल परिसरबाट गाडी सहित सबै कर्मचारीको समुहमा मणिग्राम चोकदेखि शंकरपुर नगरपालिका गेट हुँदै रामेश्वर मन्दिर मणिग्रामसम्म सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।होटलले बैशाख २८ लाई स्थापना दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार आइतवार सरसफाई कार्यक्रमको रूपमा होटलका म्यानेजर सुरज खड्का सहित सबै कर्मचारीको सहभागितामा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको हो ।


स्थापना दिवसकै अवसरमा होटलले आफ्ना ग्राहकका लागि २० प्रतिशत छुट दिइने म्यानेजर सुरज खड्काले बताउनुभयो। तिलोत्तमा नगरपालिकामा स्थापना भएको लजिङ्ग,फ़ुडिङ्ग सहितको सुबिधायुक्त चारतारे होटलको उपमा पाएको मणिग्राम बिश्राम बाटिकाको तेस्रो स्थापना दिवस मनाउन पाउँदा आफुहरु निकै खुसी भएको होटलका संचालक गिरिसमणि आचार्य दिक्षितले बताउनुभयो। उहाँले यो खुसी आफ्ना शुभेच्छुक तथा ग्राहकबर्गमा समर्पित गर्दै आगामी दिनमा अझ नजिक भै सहकार्य गर्दै सामाजिक बिकासको लागि अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। उहाँले होटल स्थापना भएको दिनलाई स्मरण गर्दै हालसम्म दिनुभएको माया प्रति आभार समेत ब्यक्त गर्नुभयो। 



कमेन्ट गर्नुहोस्