लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

किशोरीलाई आत्मबल सुरक्षामा अब्बल बनाउँदै सिद्धार्थ नगरपालिका

IMG

शारदा शाही, तिलोत्तमा। सिद्धार्थ नगरपालिकाले किशोरी आत्मबल सुरक्षाको तालिम सञ्चालन गरेको दुई वर्ष बढी भइसकेको छ। यो समयमा लगभग २ हजार बढी किशोरीहरूले तालिम लिइसकेको सिद्धार्थ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले बताउनुभयो। लम्सलका अनुसार विगत दुई वर्ष पहिलेदेखि यो तालिम सञ्चालन भइरहेको र आठ दश दिनदेखि कहिलेकाहीँ एक महिनासम्म पनि चल्ने उहाँको भनाइ थियो। 


प्रत्येक पटक खेल सञ्चालनका निम्ति पालिकाले १ देखि डेढ लाखसम्म लगानी गदै आइरहेको पनि उहाँले बताउनुभयो।अहिलेसम्म १० वटा विद्यालयका ८ ९ र  १० कक्षाका करिब २ हजार जना किशोरीहरूलाई आत्मारक्षाको तालिम दिइसकिएको शाखा प्रमुखप्रमुख लम्सालले बताउनुभयो । त्यसैगरी नगरपालिकाले सञ्चालन गरेको यो तालिममा पहिलोपटक एक हजार जना, दोस्रो पटक ५ सय जना र तेस्रोपटक ६ सय जना किशोरीहरूलाई आफूले तालिम दिइसकेको प्रशिक्षक प्रकाश राजभण्डारीले बताउनुभयो । यो तालिममा १० वटा स्कुलका कक्षा ८, ९ र १० का किशोरीहरू सहभागी रहेको पनि उहाँको भनाइ थियो। 


त्यसो त फेरि पनि तालिमका लागि नगरपालिकाको सबै तयारी पूरा भइसकेको तर विद्यालयहरू बन्द रहेका कारण यो प्रशिक्षण सुरु हुन नसकेको उहाँको भनाइ थियो। विद्यालय सुचारु हुने बित्तिकै फेरि पनि तालिमलाई निरन्तरता दिने प्रशिक्षक राजभण्डारीले बताउनुभयो। तालिम अवधिभरि किशोरीहरू निकै उत्साहका साथ सहभागी हुने र सिकाएका कुराहरू पनि छिटो सिक्ने हुँदा आफूलाई पनि निकै खुसी लाग्ने प्रशिक्षक राजभण्डारीले बताउनुभयो। सिद्धार्थ नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रदेशहरूमध्ये एक महत्वपूर्ण पर्यटकीय व्यापारिक र औद्योगिक केन्द्रको रुपमा स्थापित रहेको छ। सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य भाषा कला धर्म संस्कृतिको साझा संगमको रुपमा पनि यो नगरपालिकालाई मानिएको छ ।


विक्रम सम्वत १९९० सालमा नगन्य रूपमा मात्रै बस्तीहरू भएको यस नगरपालिकामा विसं २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि भने बस्तीको विकासले गति तीव्र गति लिएको थियो। विक्रम सम्वत २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रूपमा नगरपालिका घोषणा भएपनि २०३३ सालमा आएर नगरपालिकाको नाम भैरवा नगरबाट सिद्धार्थ नगरमा रूपान्तरण भएको थियो। १३ वटा वडामा विभाजन यस नगरपालिकाको सिमाना भने पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका पश्चिममा मायादेवी गाउँपालिका उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका त्यसैगरी दक्षिणमा भारतको सिमाना रहेको छ।


सिद्धार्थ नगरपालिका सिमानामा पनि रहेको र अहिलेको अवस्थामा किशोरीहरूलाई आफ्नो सुरक्षा आफै गर्न सक्षम बनाउन पर्ने आवश्यकता रहेकोले पनि आफूहरूले यो तालिमको सञ्चालन गर्दै आइरहेको नगरपालिका उपप्रमुख उमा अधिकारीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्