
तिलोत्तमा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुलमान घिसिङलाई हटाउने कदम गलत आपत्तिजनक रहेको बताएका छन् ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएपछि प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक रहेको बताएका हुन्। उनले दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् ।उनले भनेका छन्-देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ ।
प्राधिकरणको बाकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो । आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्बजनिक भएको छ ।आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु ।
कुलमानलाई हटाएकोमा गगन थापाको असन्तुष्टि, उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन !
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कुलमान घिसिङलाई हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्नेमा त्यस्तो नभएको उल्लेख गर्दै उल्टो बाटो हिँडेर सही गन्तव्य नपुगिने चेतावनी दिएका छन् ।उनले सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।उनले भनेका छन्-विडम्बना त्यो भएन, आम नागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ ।
यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ?मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।
विश्वप्रकाश भन्छन्- कुलमानलाई नहटाउन सजग गराएका थियौं, हाम्रो सहमति छैन
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन्।सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको उल्लेख गर्दै महामन्त्री शर्माले यो निर्णय समयोचित विल्कुलै नभएको बताएका छन् ।उनले भनेका छन्-कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायांमा पार्नेगरी
सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ।
कमेन्ट गर्नुहोस्