लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१ लाख चालिस हजार भन्दा बढि चढिसके सिद्धार्थ केबलकार

IMG

तिलोत्तमा सिटी, २०८१ चैत ३ गते । सिद्धार्थ गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुटवल र पाल्पा जोड्ने सिद्धार्थ केबलकार २०६८ सालमा स्थापना भइ २०८१ भदौ १९ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको साथै माघ महिना सम्ममा १ लाख ४० हजार बढिले , सार्क राष्ट्रहरु बाट ७४८० जना, अन्य मुलुकबाट करिव ४२० जनाले केबलकार चढेको संस्थाका प्रवन्धक नर बहादुर कार्किले बताउनुभयो। अहिले केबलकारको लोअर-स्टेसन रहेको पारि बुटवलको देउराली डाँडामा पार्क निर्माण भइसकेको छ भने अपर स्टेसन नुवाकोट डाडामा पार्क निर्मणाधिन अवस्थामा रहेको छ।


चाडपर्वहरुमा विशेष छुटहरु समेत प्रदान गर्दै आइरहेको केवलकारको हालको मुल्य प्रतिव्याक्ति ३५० रहेको छ जुन अरु केवलकारहरुको तुलनामा सस्तो रहेको साथै बालबालिका, विधार्थि, पर्यटक अनुसार मुल्य फरक फरक रहेको छ। सबै प्रकारका आम्दानी क्षमता रहेका व्याक्तिले अवलोकन गर्न सक्षम हुने उदेश्यले टिकट मुल्य अनुकुल राखिएको प्रवन्धक कार्किको भनाइ छ। केवलकार सुन्दर जङ्गलको बिचबाट मनोरम बुटबल सहरको दृष्य हेर्दै आनन्द लिन सकिने रहेको छ।  केवलकारको उचाइ अरु केबलकारको तुलनामा कम रहेको किनकि मौषम अनुकुल जङगलि जनावर मयुर, राते देख्न सकिने र बिचैमा पर्ने खोलाको पनि केवलकार बाटै अवलोकन गर्न सकिने रहेको छ। २५ ओटा क्याविन जुनमा ८ जना सामान्य तौल भएका व्याक्ति क्षमता रहेको , १२ ओटा टावर रहेको केवलकार चार मिटर पर सेकेन्डको गतिमा चल्ने, ५ सय यात्रु प्रति घण्टाको क्षमता रहेको, दुइ स्टेशन बिचको तापक्रम भिन्नता करिव ८ देखि १० डिग्रि सम्म रहेको केवलकारका मेकानिकल इन्जिनियर मनोज रत्न भुसालले बताउनुभयो ।    


गौतमबुद्धको जन्मस्थल लुम्बिनीको नजिकै रहेकाले यहाँ कमलको फूल आकारमा लोटस-पार्क निर्माण गरिएको छ। 'सिद्धार्थ गौतम जन्मिनेबित्तिकै सात पाइला हिँडेका थिए भनिन्छ। त्यसैको सम्झना स्वरूप कमलको फूल आकृतिमा ६ पाइला लोअर-स्टेसनमा रहेको छन् भने सातौं पाइला अपर-स्टेसनमा रहेको छ। अपर-स्टेसनमा कमलको फूलको आकृति सहितको सातौं पाइलामाथि गौतमबुद्धको ५० फिट अग्लो सुन्दर  मूर्ति बनाइएको छ।


नुवाकोटमा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको भैरव मन्दिरलाइ पुन निर्माण गरीएको छ जसलाई अग्लो त्रिशुलले सजाइएको छ। त्यस्तै मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रूद्र सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरू ऋषि कालदेवलको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवा छ। मन्दिर सम्म पुग्न सिँडिको पनि व्यावस्था गरिएको  छ।  


प्रवन्धक कार्कि भन्नुहुन्छ "आर्थिक फाइदाको अलावा नुवाकोट क्षेत्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक महत्व एवम त्यहाँको साँस्कृतिक विविधताको बारेमा जानकारी गराउन साथै आम नागरिकहरुलाइ केवुलकारको आन्नद प्रदान गर्न सञ्चालन गरीएको हो, केवलकार निर्माण भएपछि मात्रै त्यहाँ प्रत्यक्ष रुपमा ५९ जनाले रोजगारी पाइरहेका छन साथै अप्रत्यक्ष रुपमा पनि धेरैले रोजगारी पाएकाछन ।"



कमेन्ट गर्नुहोस्