
सरु राना,तिलोत्तमा। नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दिपक थापा चर्तीमगर चयन भएका छन् । बुटवलमा सम्पन्न छैँठो राष्ट्रिय अधिवेशनले १५१ सदस्यीय केन्दिय समिति सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष चर्ती मगर गण्डकी प्रदेशका पूर्व वन मन्त्री समेत हुन् ।बुटवलमा बुधबारदेखि शुरु भएको अधिवेशनले चर्ती मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएकाे हो।
जसको वरिष्ठ उपाध्यक्षमा माधव दलार्मी मगर, उपाध्यक्षमा चिनिमाया कालामगर, मिनबहादुर घर्ति मगर, टोपबहादुर दलार्मी मगर, लीला सोमैमगर, छमाया थापा मगर, लोकेन्द्र थापा मगर, अनिता थापा मगर, हिराबहादुर थापा मगर, सबिना बुढा मगर, होमराज खपाङ्गी मगर, भक्त लुङ्गेली मगर (मगर ढुट), सारदा पुन मगर (खाम मगर) र मालबहादुर बुढा मगर ( मगर काईके) चयन भएका छन् ।महासचिवमा जीवन प्रवेश रोका मगर चयन भएका छन् भने उपमहासचिवमा तिर्थ थापामगर, विशाल पुन मगर, मनोज राना मगर, खगेन्द्र पुनमगर, सिद्धबहादुर थापा मगर चयन भएका छन् ।
यस्तै सचिबमा विरमान घर्तीमगर, टिकासरी बुढामगर, हरिबहादुर थापा मगर, धनबहादुर पुनमगर, चन्द्रप्रसाद बुढाथोकी मगर, केशव थापा मगर, यम खपाङ्गी मगर, दिपक थापा मगर, टुगा थापा मगर चयन भएका छन् । साथै कोषाध्यक्षमा अम्बिका खुलाल मगर चयन भएकी छिन् ।वनिर्वाचित अध्यक्ष चर्ती मगरले संविधानमा उल्लेख भएको स्वायत्त क्षेत्र र विशेष क्षेत्र कार्यान्वयन गर्न तत्काल ऐन कानुन बनाउने विषयमा आफूले विशेष भूमिका खेल्ने बताए । सम्मेलनको खुल्ला सत्रको पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार उद्घाटन गरेका थिए ।
कमेन्ट गर्नुहोस्