लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवाका डा.अर्यालले दिए एनआरएनए न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेदवारी

IMG

तिलोत्तमा।भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।बाल्यकालको शिक्षा भैरहवाकै तत्कालीन श्री ५ इन्द्रराज लक्ष्मी माध्यमिक विद्यालय र हालको लिलाराम न्यौपाने माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका अर्यालले पोखराबाट वन विज्ञानमा स्नातक अध्ययन पूरा गरेका थिए ।


त्यसपछि जर्मनीबाट वन विज्ञानमा स्नातकोत्तर गरेका उनले न्यूजील्यान्डस्थित म्यास्सी विश्वविद्यालयबाट पीएचडी समेत पूरा गरेका छन् ।डा. अर्याल विगत केही वर्षदेखि न्यूजील्यान्डमा बसोबास गर्दै आइरहेका छन् र एनआरएन अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली समुदायको हकहित, प्रवासी नेपालीहरूबीचको एकता र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको उनले बताए।एनआरएनए न्यूजील्यान्डको आगामी निर्वाचनमा उनको उम्मेदवारीले नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्