
तिलोत्तमा। आउँदो चैत्र ९ गते हुने नेकपा (माओवादी केन्द्र) तिलोत्तमा तेस्रो नगर अधिबेशनको तयारी तिब्र रुपले अघि बढेको छ । अधिबेशनलाई भब्य र सभ्य रुपमा अघि बढाउन नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिले आवश्यक तयारीलाई तिब्रता बनाएको हो । अधिबेशन सम्पन्न गर्न आवश्यक आर्थिक लाख रुपैंयाँको हाराहारीमा खर्च हुने नेकपा माओवादी केन्द्र तिलोत्तमा नगर समितिले जनाएको छ ।
अधिबेशनमा नगर भर बाट छ सय संगै जना १ सय ५० जना प्रतिनिधि आउनेछन् ।१३-१४ हजार मतदाता र १५ सय भन्दा बढी पार्टी सदस्य भएको नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिमा नगर अधिबेशन प्रत्येक वडाबाट प्रतिनिधिको रुपमा आउनेछन् र त्यही प्रतीनिधीले नगर सदस्य चुन्ने छन । र नगर सदस्यहरुबाट अध्यक्ष, उपाध्यक्ष महिला सहित ३ जना, सचिब ,सहसचिब र कोषाध्यक्ष पदाघिकारी सहित ५५ जनाको नगर समिती बन्ने प्रचार प्रसार समितिका संयोजक अनिल चापागाईं (संस्कार) ले बताएका छन्। अहिले को तेस्रो अधिबेशन एकता भाब सहिको अधिबेशनको रुपामा सर्बसम्मत चयन गर्ने गरी हुने नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिले प्रयास थालेको जनाएको छ ।
यसैबीच अधिबेशनलाई सफल बनाउन पार्टीले बिभिन्न उपसमिति गठन गरेको छ । साङ्गठनीक प्रतिवेदन लेखन समिति संयोजकमा बेल प्रसाद शर्मालाई प्रचार विभाग समिति संयोजकमा अनिल चापागाईं (संस्कार),आर्थिक समिति संयोजकमा प्रेम जिएम, सांस्कृतिक संयोजकमा अशोक ठाकुर शुसिल, युवा परिचालन संयोजकमा सागर न्यौपाने रहनु भएको छ।अधिबेशनको पुर्वसन्ध्यामा विभिन्न उपसमिति गठनसंगै पार्टीको सहयोग आदानप्रदान कार्यक्रम पनि भैरहेको प्रचारप्रसार समितिका संयोजक अनिल चापागाईं (संस्कार)ले बताएका छन्।
कमेन्ट गर्नुहोस्