लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीलाई ४१ औ स्मृतिसभा

IMG

यो हो शहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीलाई ४१ वर्ष अघि हत्या गरिएको स्थलको घर । २०३६ सालको जनमत संग्रहमा बहुदलले हारेपछि पार्टी शिथिल भएको भन्दै पार्टीलाई पुनताजगी गराई प्रजातन्त्र प्राप्तीको आन्दोलनलाई बल पुर्याउन आयोजित कार्यक्रममा बहुदल विरुद्धको समुहले २०४० साल फागुन २० गते आक्रमण गरेको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोईराला सहित नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सैलजा आचार्य लगायतको देश दौडाहामा निस्किएको टोली थियो । देश दौडाहामा रहेको टोलीलाई नेपाली काँग्रेस रुपन्देहीले तत्कालिन रुपन्देहीका सभापति पुष्पानन्द गिरीको घर देवदह नगरपालिका वडा नं. ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो। घाईते आलोक र चौधरीले फागुन २२ गते ज्यान गुमाउनु भएको थियो भने शेरबहादुर देउवाको ओठ काटीएको थियो । उक्त घटनामा देउवा सहित २७२ जना घाईते भएका थिए । बहुदल विरुद्धको समुहले गरेको सांघातिक आक्रमणबाट घाईते भएका आलोक र चौधरीको उपचारको क्रममा हालको लुम्बिनी प्रादेशिक अस्पताल  बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।


शहिदको सपना साकार पार्न अझै कांग्रेस गम्भिर हुन सुझाव

विहिवार नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको ४१ औ स्मृति सभामा बोल्ने वक्ताहरुले  शहिदको सपना साकार पार्न अझै कांग्रेस गम्भिर हुन जरुरी रहेको बताएका थिए । नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले काँगे्रसलाई सिध्याउने मण्डलेहरुको अभियानका क्रममा ४० सालको सुरजपुरा घटना घटाईएको बताउनु हुन्छ । सहिद आलोककी छोरी बीना न्यौपानेले बुवाको सपना नेपाली कांग्ेसले साकार पादै गएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले सुरजपुरा घटना नेपाली काँग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसावले ऐतिहासिक भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुवमनत्री भरतकुमार शाहले शहिदको  योगदानले नै देशमा प्रजातन्त्र प्राप्ती भएको धारणा राख्नु भयो । उहाँले  देशमा हरेक क्षेत्रमा उपलब्धी र अवसर रहेको बताउदै त्यो नै शहिदको सपना भएको जिकिर  गर्नुभयो ।


नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले  शहिद यादवनाथ आलोक र राम प्रसाद चौधरीको योगदानको चर्चा गदै अगामी वर्षदेखि वडा तहवाट कार्यक्रम गर्न निर्देशन दिनुभयो।कार्यक्रममा रुपन्देही क्षेत्र नं.१का क्षेत्रीय सभापति हिराबहादुर खत्री, काँग्रेस रुपन्देहीका उपसभापति अनिता शाह ढुगांना सचिव हरि प्रसाद काफ्ले, देवदह नगर सभापति गुणाखर भुर्तेल, शक्ति प्रशन्न गिरी नविन राज आर्चाय मणि प्रसाद शर्मा वडा सभापति थमबहादुर बुढाथोकी लगायतले शहिदहरुको योगदानको  कदर हुनुपर्नेमा जोड दिनु भयो ।

कमेन्ट गर्नुहोस्