
तिलोत्तमा। सामाजिक बिकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको आयोजनामा तिलोत्तमका जनप्रतिनिधि एबम सरोकारवालाहरुको लागि एक दिने सामाजिक रुपमा रहेका हानिकारक अभ्यास,लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। मन्त्रालयको महिला समुत्थान परियोजनाको समन्वयमा तिलोत्तमा नगरपालिकाको संयोजनमा सो कार्यक्रम भएको हो।
सो प्रशिक्षण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले घर घर बाटै सबै किसिमका विभेद र हिँसा अन्त्य गरे मात्र समाज रुपान्तरण्मा सहयोग पुग्ने बताउनुभयो।मन्त्री तिमिल्सिनाले समाजको बिकृति विसंगति हटाएर सबैले विभेदको अन्त्य गर्न एकजुट भएर लाग्नु पर्ने समेत बताउनुभयो। ल्य्म्बिनी प्रदेशका तराई र मधेशका स्थान संगै पहाडी भेगमा पनि हिंसाका घटनाहरु घर घरमै लुकेर रहेको तर खुल्ला रुपले आउन नसक्दा त्यसले नकारात्मक घटना निम्त्याउन सक्ने हुँदा त्यस्ता गतिबिधिमा सबैको चासो रहनु पर्ने समेत बताउनुभयो।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले कुनै पनि किसिमको विभेद र हिँसा तिलोत्तमा नगरपालिकामा स्वीकार्य नहुने र त्यस्ता घटनालाई शुन्य अभियानमा अलगाउन तिलोत्तामलाई लैंगिक मैत्री नगरपालिका बनाउने प्राक्टिस भैरहेको र यहि आर्थिक बर्षमै लैंगिक मैत्री नगरपालिकाको रुपमा बिकास गर्ने समेत बताउनुभयो। कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले महिलामाथि हुने हिँसा र पुरुषहरुमा दबिएर रहेको हिंसाका घटनाले समाजमा नराम्रो छाप पार्ने हुनाले कुनै पनि नकारात्मक घटना हुन नदिन सबैले हिँसा र विभेद बिरुद्ध एक भएर आवाज उठाउनु पर्ने बताउनुभयो।उपप्रमुख चौधरीले आर्थिक सामाजिक र पारिवारिक हिसाबले आत्मनिर्भर, स्वरोजगार र उद्धमीमा लागे मात्र हिँसाको तगारोबाट समाजमा मुक्ति पाउन सकिने हुनाले आत्मनिर्भरतामा सबैको पहुँच हुनुपर्ने बताउनुभयो।
सो प्रशिक्षण तथा अन्त्यर्क्रिया कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव अणप्रसाद न्यौपाने, बरिष्ठ महिला अधिकृत सम्झना सुबेदी, महिला तथा बालबालिका सेल रुपन्देहीका प्रमुख तथा प्रहरी निरिक्षक अमृता केसी,अधिबक्ता कुसुम अर्याल,महिला समुत्थान परियोजनाका विज्ञ छविलाल सुनार लगायतले प्रशिक्षण दिनुभएको थियो भने तिलोत्तमा नगरपालिकाकि महिला तथा बालबालिका शाखा प्रमुख सम्झना भण्डारी,नगर बाल संजालका अध्यक्ष बिबेक खड्का लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो। लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि एबम महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्