लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ’

IMG

भैरहवा – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन्।गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।नेता कोइरालाले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरे।उनले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।


प्रकृति लम्सालको परिवारलाई नेता कोइरालाको सान्त्वना

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा रहस्मय मृत्यू भएकी प्रकृति लम्सालको परिवारलाई भेटेर समवेदना दिएका छन्।कोइरालाले रुपन्देहीको भैरहवास्थित लम्साल निवास पुगेर शनिबार प्रकृतिको परिवारसँग भेट गरेका हुन्। प्रकृतिको मृत्यु घटनालाई सरकार र कांग्रेसले अत्यन्तै गम्भीर रुपमा लिएको भन्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकेको बताए।


कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सहजतापूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनका लागि आवश्यक पहल भइरहेको पनि बताए।लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाललाई साथमा लिएर पुगेका थिए। लम्सलाको गत फागुन ४ गते कलेजको होस्टलमा शव भेटिएको थियो।

कमेन्ट गर्नुहोस्