लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ द्धारा अनुदानमा दाना बितरण,दानामा अनुदानको सुरुवात

IMG

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा वडा नम्बर ६ ले अनुदानमा दाना बितरण कार्यक्रमको शुभारम्भ गरेको छ।वडाले शनिबार एक कार्यक्रमका बिच १ हजार ९ सय १० रुपियाको चोकरको बोरालाइ १ सय ३० रुपियाँ कम गरी किसानलाई प्रति बोरा १ हजार ७ सय ८० रुपियाँमा वितरण गरेको हो । 


वडाका किसानको सम्मान स्वरुप अनुदानमा दाना वितरण गरिएको वडा नम्वर ६ का वडा अध्यक्ष गणेश पाठकले बताउनुभएको हो । उहांले लामो समयदेखि किसानलाई सानो सानो भएपनि राहत मिलोस भनेर कार्यक्रम गर्न खोजिएपनि कानुनी प्रकृया झण्झटीलो भएका कारण समस्या आएको उल्लेख गर्नुभएको छ । अध्यक्ष पाठकले अन्य विभिन्न विउ विजनहरुमा अनुदान दिदै आईएको भएपनि दानामा अनुदान सुरुवात गर्ने नगरमा मात्र नभएर देशमै पहिलो भएको बुझिएको दाबी गर्नुभएको छ । कार्यक्रममा पाठकले यसपालिको अनुदान गणितिय हिसावमा थोरै भएपनि आगामी दिनमा किसानले दुग्ध उत्पादनमा वृद्धि गर्न सके यसलाई निरन्तर अगाडि बढाईने समेत प्रतिवद्धता जनाउँदै उत्पादन बढाउनतर्फ ध्यान दिन किसानलाई आग्रह गर्नुभयो ।


पाठकले विशिष्टिकृत सहकारीका कारण वडामा उत्पादन हुने दुध खेर नजाने भन्दै तिलोत्तमा ६ लाई दुध पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी अगाडी बढेकोमा जोड दिनुभएको छ । उहाँले यो अनुदान प्रदान गर्न सहजीकरण गर्ने टोलविकास संस्था र पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थालाई धन्यवाद समेत दिनुभएको छ ।हरेक किसानले वार्षिक एक पशु बराबर ६ बोरा चोक्कर पाउने पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक शोभाखर भण्डारीले कार्यक्रम संचानलनका क्रममा बताउनुभएको छ ।  वडाबाट ४ लाख वडाबाट र तिलोत्तमा नगरपालिकाबाट ३ लाख गरी ७ लाख बराबरको अनुदान वितरण गरिएको वडा नम्बर ६ ले जनाएको छ।पञ्चामृत सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्षहरु,बुद्धिजिवि तथा किसानहरु सहभागि थिए । 

कमेन्ट गर्नुहोस्