लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चितवनकी मेयर रेणुले कामगरेर देखाएपछी कांग्रेसमा लड़ामाथी,शशांक भन्छन-देउवाले भुल गरे

IMG

तिलोत्तमा।नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले चितवन महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउन सभापति शेरबहादुर देउवाले ठुलो गल्ती गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीका अवसरमा मङ्गलवार जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डको छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री कोइरालाले भने, ‘त्यसले ठुलो घात भएको छ।


आजको मितिमा नेपाली कांग्रेस जुन शक्तिशाली थियो, अहिले तितरबितर भएको छ।’त्यति बेला आफूले सभापति देउवालाई गल्ती गरेको कुरा स्मरण गराएको पनि उनले दाबी गरे। ‘मैले उहाँलाई भने–शेरबहादुरजी के गर्नुभएको? उहाँले तैँले बुझ्दैनस् यो राजनीति हो भन्नुभयो,’ कोइरालाले भने।त्यसपछि आफूले ‘कस्तो राजनीति ?’ भनेर प्रतिप्रश्न गरेको सुनाए। उनले भने, ‘मैले भने–यो कस्तो राजनीति हो? प्रहार आफ्नै साथीहरूलाई गर्नुहुन्छ ? यो त ठिक भएन भनेर मैले भने।’  सभापति देउवाले कसरी सोचे त्यो उनकै विषय रहेको उनले बताए।  


पछिल्लो समय चितवनकि मेयर रेणु दाहालले राम्रो विश्वसनीय र जनताको काम गरेको भन्दै कांग्रेसमा किचलो भएको चितवन स्थित नेकपा माओबादीका एक नेता गोबिन्द रेग्मीले बताए।चितवनमा उल्लेखनिय काम गरेकोले एमाले र कांग्रेसका कार्यकर्ता समेतले रेनुको प्रशंशा गर्दै आएको उनले बताए। 

कमेन्ट गर्नुहोस्