लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लोक संस्कृति र धर्म संरक्षणका लागि तिलोत्तमा-६ मा भजन प्रतियोगिता

IMG

तिलोत्तमा।लोक संस्कृति र धर्म संरक्षणका लागि तिलोत्तमाको वडा नम्बर-६ मा लोक भजन प्रतियोगिता सम्पन्न भएको छ ।नव शिवरात्रीको अवसरमा तिलोत्तमा वडा नम्बर-६ को कार्यालयले टोलबिकासमा रहेका मन्दिर स्तरिय प्रतियोगिता आयोजना गरेको हो । सनातन धर्म, मौलिक संस्कृति, परम्परा र सम्भयताको जगेर्ना गर्ने उद्देश्यले भजन प्रतियोगिता आयोजना गरिएको तिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले बताउनुभयो।


हरेक समुदायमा सामजिक सहिष्णुता प्रदान गर्ने उदेश्यले भजनमा धार्मिक कथा र विभिन्न विषयबस्तुलाई लय र सांगितिक रुपमा आकर्षक हिसाबले प्रस्तुत गरिएको थियो। ८ समूहले सहभागिता जनाएको प्रतियोगितामा बाँसघारी शक्ति पिठ मन्दिर,समूह बिजयी भएको छ । यसैगरी सिद्धेश्वर महादेव मन्दिरको समूह दृतीय भएको छ, भने नन्देश्वर महादेव मन्दिरको समूह तृतीय भएको छ। प्रतियोगितामा प्रथम, दित्तीय र तृतीय हुने समुहलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । निर्णायक मण्डलमा रहेका एकादेव भट्टराई, टिकाराम चापागाईं, संगीता गुरुङले सहभागि सबै समुहलाई अबिर लगाएर सम्मान गरिएको थियो । कार्यक्रमको संचालन वडा सचिव कृष्ण बहादुर क्षेत्रीले गर्नुभएको थियो। 



कमेन्ट गर्नुहोस्