लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नं ८मा ज्येष्ठ नागरिकलाइ सम्मान

IMG

तिलोत्तमा वडा नं ८मा  ज्येष्ठ नागरिकलाइ  सम्मान गरिएको छ । तिलोत्तमा वडा नं ८ का कार्यबहाक अध्यक्ष कमलकान्त गौतमको अध्यक्षता र नगर  प्रमुख रामकृष्ण खाडको आथित्यतामा उपप्रमुख जागेश्वरि चौधरीको विशिष्ट  आथित्यतामा कार्यक्रम  सम्पन्न भएको हो ।सम्मान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणंले जेष्ठ नागरिकहरु नगरका गहना भएको भन्दै नगर उहाँहरुको सम्मानमा लाग्ने बताउनु भयो । उपप्रमुख जागेश्वरी चौधरीले जेष्ठ नागरिकको खानपान र स्वास्थ्यको बिषयमा नगर जिम्मेवार रहेको बताउनु भयो । 


तिलोत्तमा आर्युबेद शाखाका प्रकाश ज्ञवाली र नेपाली काग्रेस तिलोत्तमा सभापती हरिलाल पाण्डेले शारिरिक हिसाबले कमजोर हुदै जाँदा अनेकन समस्या आउने भन्दै वडा र नगरले बृद्धहरुलाई सम्मान गरेर राम्रो काम गरेको बताउनु भयो । तिलोत्तमा ८ का सदस्य कमला पराजुलीको स्वागतमा भएको कार्यक्रमको सञचालन वडाका सचिव शिबु पाण्डेले गर्नुभएको हो ।  कार्यक्रममा ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएका थियो ।

कमेन्ट गर्नुहोस्