
तिलोत्तमा,फागुन ७। लुम्बिनी फ्रेण्डस सर्कलद्वारा जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । लुम्बिनी फ्रेण्डस सर्कल रुपन्देहीको आयोजना तथा मेडिटेक इन्टरनेशल हस्पिटल तथा रिर्सज सेन्टरको समन्वयमा कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी प्रदान गरिएको सर्कलका अध्यक्ष पदम न्यौपानेले बताए।
संस्थाका अध्यक्ष न्यौपानेको अध्यक्षता तथा मायादेवी गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीको प्रमुख आथित्यता र जिल्ला कारागार रुपन्देहीका प्रमुख सुरेश भण्डारीको विशिष्ठ आथित्यतामा सम्पन्न सम्पन्न भएको सो स्वास्थ्य शिविर कार्यक्रममा सामजिक दायित्व अनुसार स्वास्थ्य परिक्षण गरिएको थियो ।स्वास्थ्य शिविर कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवाली, मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल लगायतको सहभागिता रहेको थियो।रामप्रसाद भण्डारीले संचालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष महेन्द्रजंग कुँवरले स्वागत मन्त्वय राखेका थिए।स्वास्थ्य शिविरमा कारागारका कैदीबन्दी, कर्मचारी गरि करिव ६ सयको स्वास्थ्य परिक्षण गरि निशुल्क परामर्श र औषधि बितरण गरिएको थियो।
कमेन्ट गर्नुहोस्