लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय

IMG

तिलोत्तमा,फागुन २। लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावलीका ६ वटा विभिन्न विषयहरुमा सामान्य हेरफेर, थपघट गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए।‘यो सामान्य हेरफेर र थपघट गर्ने निर्णय हो। कुनै संरचनामा हेरफेर गरिएको होइन’, मन्त्री तिमिल्सिनाले भने, ‘आवश्यकताका आधारमा नियमावली संशोधनको काम गरिएको छ।’


मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको काम तथा जिम्मेवारीको स्वामित्व लिने, नयाँ बनेको युवा तथा खेलकुद मन्त्रालयलाई काम तथा जिम्मेवारी थप्नेगरी कार्यविभाजन नियमावली हेरफेर गरिएको हो।प्रदेशमा युवा तथा खेलकुद नयाँ मन्त्रालय बनेको र त्यसलाई जिम्मेवारी थप गर्ने बारेमा नियमावलीले सम्वोधन गरेको छ।मन्त्रालयहरु वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयनमा जुटिरहेको बेला पुरानो कार्यविभाजनले समस्या पारेपछि संशोधन गरेर गाँठो फुकाइएको प्रदेश सरकारले जनाएको छ।

कमेन्ट गर्नुहोस्