लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी ट्रेक्टर समितिका चालकहरुलाई ट्राफिक प्रशिक्षण कार्यक्रम

IMG

तिलोत्तमा,माघ २५।लुम्बिनी ट्रेक्टर समितिका चालकहरुका लागी १ दिने ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । तिलोत्तमा ९ शँकरपुरस्थित समितिको प्रधान कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मँगलापुरका वरिष्ठ सई दुर्गादत्त भट्टले बढ्दो सवारी दुर्घटना, त्यसको कारण एवँ रोकथामका उपाएहरुका विषयमा चालकहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै भठ्ठले प्रहरीको एक्लो प्रयासले मात्रै बढ्दो दुर्घटनालाई रोक्न नसकिने भएकाले यसमा सवारी चालाकहरुले सबैभन्दा बढी सावधानी अपनाउनुपर्ने बताउनुभयो । साथै वहाँले सवारी चालक, र यात्रु समेतले सचेतना अपनाउने हो भने धेरै हदसम्म सवारी दुर्घटना,रोक्न सकिने बताउनुभयो ।


वहाँले सवारी चालकले टाफिक नियमहरुको पालना गरे सडक दुर्घटना त्यसै नियत्रन्त्रण हुने बताउनुभयो । सो अवसरमा समितिका चालकहरुले राखेका प्रश्नहरुको जिज्ञासाको समेत वरिष्ठ सई दुर्गादत्त भठ्ठले जवाफ दिनुभएको थियो । लुम्बिनी ट्रेक्टर समितिका अध्यक्ष टिकाराम गौतमको अध्यक्षता रहेको कार्यक्रममा निर्वतमान अध्यक्ष स्वयमबन्धु कार्की, समितिका उपाध्यक्ष कृष्ण प्रसाद भुषाल, महासचिव सुरेश कुमार पौडेल, सचिव अजय राना, कोषध्यक्ष झविन्द्र शर्मा, लेखा सँयोजक योग प्रसाद पाण्डे, सुर्यनारायाण यादव र महेश केसी लगायतको सहभागिता रहेको कार्यक्रममा १०० बढी चालकहरुको उपस्थििति रहेको थियो । लुम्बिनी ट्रेक्टर समितिमा २९० सदस्य आवद्ध छन ।


 

कमेन्ट गर्नुहोस्