
तिलोत्तमा,माघ १७।मधवलिया जनकल्याण सेवा संस्थाको तेश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। तिलोत्तमाको पथ्थरडांडामा रहेको मिड पोइण्टमा भएको सो अधिबेशनले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ।निबर्तमान अध्यक्ष उमाशंकर सिंह खड्काको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नं १५ का अध्यक्षखेमराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभाले चयन गरेको नयाँ कार्यसमिति चुडामणि सुवेदीको अध्यक्षतामा निर्वाचित गरेको छ।
जसको उपाध्यक्षमा मिना कुमारी पाण्डे, सचिवमा बाबुलाल बञ्जाडे,कोषाध्यक्षमा सीता शर्मा,र सदस्यहरुमा भूपति न्यौपाने,क्षितिजा पौडेल,सुन कुमारी थापा लगायतका रहेका छन्।कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा तिलोत्तमा नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, एशोदा फुडस प्रालिका प्रबंधक मधुसुधन घिमिरे, समाजसेवि उद्योगपति तिलप्रसाद भट्टराई लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्