
तिलोत्तमा,माघ ८ गते । निजि तथा आवसिय विद्यालय अर्गनाइजेशन प्याब्सन रुपन्देहीको प्रथम बैठक सम्पन्न भएको छ । प्याब्सन रुपन्देहीको सभाहलमा आयोजित बैठकले प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष अनन्तराम शर्मालाई नियुक्त गर्नुका साथै विभिन्न निर्णयहरु समेत गरेको छ ।
प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षतामा बसेको बैठकले डा.दामोदर भुषाल, बाबुराम खनाल, गँभीर गुरुङ तथा एकनाराण काफ्ले लगायतलाई सल्लाहकारमा नियुक्त गरेको छ भने १६ औँ अधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै प्याब्सन रुपन्देहीको पे्रस सल्लहकारमा पत्रकार प्रकाश पाण्डे तथा कानुनी सल्लाहकारमा गोविन्द मरासिनीलाई नियुक्त गरेको छ ।
यसैबीच यही माघ १६ गते आयोजना हुने प्याब्सन लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीमा गर्ने गरि तयारी भैरहेको तथा प्रदेश अधिवेशनलाई सफलतापुर्वक सम्पन्न गर्न बैठक लगायत विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका छन । माघ १६ को अधिवेशनका लागी अध्यक्ष पदमा लेखनाथ पौडेलको नाम चर्चामा छ भने अन्य आकाँक्षीहरु पनि उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ । बैठकमा केन्द्रिय कमिटी उपाध्यक्ष विष्णु पन्थि, प्रदेश अध्यक्ष लालहरि पाण्डे लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्