
तिलोत्तमा,माघ ३।दलित समुदायको लागि संबैधानिक कानुनी अधिकार र कार्यान्वयनको अवस्था सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामुदायिक जागरण बिकास मंचको संयोजनमा सो कार्यक्रम भएको कार्यक्रमका सभापति तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिनुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संबैधानिक कानुनी अधिकार र कार्यान्वयनको अवस्था सम्बन्धी प्रशिक्षण अधिबक्ता खुमकान्त पौडेलले दिनुभएको थियो।स्थानिय जनप्रतिनिधि तथा राजनीतिक दल र सरोकारवाला निकायका प्रतिनिधिहरुमाझ भएको सो प्रशिक्षण कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले दलितहरुको मुद्धामा नगरपालिका हरदम संगै रहेको र सामाजिक यथार्थतालाई चिर्दै समतामुलक सोचको बिकास हुनुपर्नेमा जोड दिनुभएको छ। सरकारले जनप्रतिनिधि र आरक्षण कोटामा समेत दलितहरुलाई समेटेको कुरालाई उदृत गर्दै उहाँले केही कानुनी अड्चन र कानुनी प्रक्रिया र अवस्थालाई दलित समुदाय बीच उजागर गर्नुपर्ने बताउनुभयो।
सो अवसरमा बोल्दै कार्यक्रमका सभापति सुरेन्द्र श्रीले दलितहरुको मुद्धामा सबै एकबद्ध भै लाग्नुपर्ने र जनप्रतिनिधिहरुले सो को पैरवी गर्दै सामाजिक समस्याको उठान गर्नुपर्ने बताउनुभयो। सो अवसरमा बोल्दै कार्यक्रम संयोजक रवी सेन्चुरीले समाजमा रहेको भेदभाव न्यूनीकरण गर्दै कानुनी राज्यको स्थापना गर्न र समाजका समस्याहरुलाई निराकरण गर्न सबै दलित समुदायले हातेमालो गर्नुपर्ने जरुरी रहेको बताउनुभयो।
उहाँले कार्यक्रममा सहभागीहरुले कानुनी अवस्थाबारे बुझेर समाजलाई समेत चेतनशील बनाउन अनुरोध समेत गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष मिन प्रसाद पोख्रेल, रास्वपा अध्यक्ष रुस्तम कंडेल, जनमुक्ती पार्टीका राधिका श्रीस, नेकपा एमाले जिल्ला सदस्य दिवस थापा लगायतले बोल्दै दलित उत्थान र सहभागिताका लागि आफुहरु प्रतिबद्ध रहेको बताएका छन्। सो कार्यक्रममा तिलोत्तमाका दलित जनप्रतिनिधिहरु, सरोकारवाला, तिलोत्तमाका कार्यपालिका सदस्य राधा शाही,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्