लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झापामा विपद् व्यवस्थापन केन्द्र निर्माण

IMG

झापा। प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा वर्षेनी धेरैले ज्यान गुमाउनु परेको छ  | सोही  बिषयलाइ मध्यनजर गर्दै अर्जुनधारा नगरपालिका वडा १  मा  स्वीस  सरकार र कोशी प्रदेश सरकार आर्थिक सहयोगमा  एकिकृत विपद् केन्द्र निर्माण भइरहेको छ। झापाको बुद्धशान्ति गाउँपालिका बिर्तामोड नगरपालिका अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकाको संयुक्त साझेदारीमा  एकिकृत बिपत केन्द्र  निर्माण गरेर बिपत प्रति कार्य को छेत्र नयाँ योजना अघी सारेका हुन। अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ।


परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, स्वीट्जरल्याण्ड सरकारको २० प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत र अन्य तीन वटा नगरपालिकाको २४ प्रतिशत लगानी रहने बुद्धशान्ति १ का वडा अध्यक्ष तथा बुद्धशाति गाउँपालिका प्रवत्ता अनिल वाग्ले जानकरी दिए। विसं २०८० मङ्सिरमा सुरु गरिएको उक्त परियोजना दुई वर्षभित्र निर्माण भइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । हाल परियोजनाको भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४० प्रतिशत रहेको छ ।

 


कमेन्ट गर्नुहोस्