लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका वडा सचिवहरुलाई अनलाईन नागरिकता सिफारिस तालिम सम्पन्न

IMG

तिलोत्तमा,पौष २९। कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि नागरिकता सिफारिस सम्बन्धी १ दिवसीय तालिम तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको छ ।तिलोत्तमा नगरपालिका सुचना तथा प्रबिधी शाखाको आयोजनामा आनलाइनबाट नागरिकता सिफारिस गर्ने बिषयमा तालिम सञ्चालन भएको थियो। प्रशासन,योजना तथा अनुगमन शाखा प्रमुख अधिकृत माधव प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न सो तालिममा वडा सचिव सहित २५ जना कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिमको सहजीकरण सुचना प्रबिधी शाखा प्रमुख ई.सुनिल पन्थी र युवराज तिवारीले गर्नुभएको थियो।तालिम दिदै प्रशिक्षक तिवारीले सेवाग्राही कागज अपुग भएर या नमिलेर यता उता डुलीरहने बाध्यता हट्ने बताउनुभयो। 


सेवा प्रवाहका लागि नागरिकता सिफारिसमा हालसम्म अफ़लाईन कार्य भैरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयको तालिम र निर्देशन पछि वडाका सबै सचिवहरुलाई सो तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। उहाँले यस कार्य पश्चात सेवाग्राहीहरुले थप सहजता पाउने र काम पनि छिटो छरितॊ तरिकाले हुने बताउनुभयो। तालिम अत्यन्तै उत्प्रेरणामूलक रहेको र आवधिक रूपमा यस प्रकारका तालिमहरू सञ्चालन गर्दा त्यसले सेवा प्रवाहलाई अत्यन्तै व्यवस्थित बनाउँदै कर्मचारीहरूको कार्यसम्पादनमा तीव्रता ल्याउने एवं सेवाग्राहीहरूको समस्यालाई तत्काल समाधान गर्ने कार्यमा तालिमले महत्वपूर्ण शिक्षा प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो।


सो अवसरमा बोल्दै प्रशासन,योजना तथा अनुगमन शाखा प्रमुख अधिकृत पोखरेलले अनलाईन प्रणालीले सेवाग्राहीहरुलाई थप सहज हुने र वडा कार्यालय मार्फत जाँदा तथ्यांक र कागजातमा फरक नपर्ने र फरक पार्न नमिल्ने हुनाले एकदमै उपयोगी हुने बताउनुभयो।प्रशिक्षण लिएपछि वडा सचिवहरुले प्रभावकारी सिकाईले सेवा प्रवाहमा थप सहज हुने तालिमका प्रशिक्षार्थीहरूको प्रतिक्रिया थियो ।

  

कमेन्ट गर्नुहोस्