
तिलोत्तमा,पौष २८।बुटवल उपमहानगरपालिकाको नगर सभाको १६औं अधिवेशनको दोश्रो बैठक विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको छ ।नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा भएको बैठकले बुटवल उपमहानगरपालिकाको आर्थिकऐन,२०८१(प्रथम संशोधन २०८१) पारित गरेको छ।त्यस्तै बुटवल उपमहानगरपालिकाको स्थानीय छाडा पशुचौपायाव्यवस्थापन र नियन्त्रण(गौशाला संचालन)ऐन,२०८०(दोश्रो संशोधन २०८१) पारित गरेकोछ भने बुटवलउपमहानगरपालिकाको नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम संचालन विधेयक,२०८१ पारित गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।
बैठकले बुटवल उपमहानगरपालिकामा करार कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धि विधेयक,२०८१ पारित गरेको छ भने पालिकाको मेयर युवा रोजगार प्रवर्धन कार्यक्रम (संचालन तथाव्यवस्थापन) विधेयक,२०८१ समेत पारित गरेको छ।त्यस्तै बैठकले महालेखा परिक्षकले औल्याएको वेरुजु फछ्यौट रसम्परीक्षणका लागी अनुमोदन गरेको छ ।बैठकमा प्राकृतिक श्रोत ब्यवस्थापन विधेयक,२०८१ संयोजक नरेन्द्र बस्नेतले टेबुल गर्नुभयो ।नगर सभाको १६ ओैं अधिवेशनको तेस्रो बैठक माघ १२ गते शनिवार दिनको १ बजे बस्ने नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्