
तिलोत्तमा,पौष २८।नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन्।आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए विरोध गर्ने बताएका हुन् ।अध्यादेशमार्फत ल्याइएका विधेयकहरू जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने पनि बताए ।
संसद्लाई यसरी छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं,’ प्रमुख सचेतक पाण्डेले भने, ‘यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन ।’कांग्रेस–एमाले समीकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाउँदै उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गरे ।‘
अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरूमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं,’ उनले भने, ‘सरकारले जसरी अध्यायदेशबाट विधेयकहरू ल्याइरहेको छ, यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरूको सम्बोधन गर्न सक्दैन ।’आफ्नो पार्टी सरकारतिर नभइ जनतातर्फ फर्कन चाहेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्