
तिलोत्तमा, पौष २७।लुम्बिनी फोटोग्राफर संघद्वारा आयोजित बनभोज तथा भेटघाट कार्यक्रम तिलोत्तमाको शंकर नगर बनबाटिकामा सम्पन्न भएको छ । फोटो ग्राफी र भिडियो ग्राफी गर्ने पेशागत छाता संगठनमा आबद्ध विभिन्न स्थानमा रहेका सदस्यहरुबीच एकता र चिनजानका लागि बनभोज तथा भेटघाट कार्यक्रम राखिएको संघका अध्यक्ष दिनेश अर्यालले बताएका छन् ।
संघको निमन्त्रणालाई स्विकार गर्दै उपस्थित भएर कार्यक्रमलाई रमणीय बनाउन सहयोग गर्नुभएकोमा सम्पूर्ण सहभागी दाजुभाइ दिदी बहिनीहरू, बुद्धिजिबी, एबं विभिन्न सस्थाका प्रमुख प्रतिनिधिप्रमुखहरू, ब्यवसायीहरु सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै अध्यक्ष अर्यालले फोटो मार्फत त्यस क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न सो कार्यक्रमको आयोजना गरेको बताए। कार्यक्रमको सभापतित्व संघका अध्यक्ष दिनेश अर्यालले गरेका थिए । बनभोज कार्यक्रममा उपस्थितहरूलाइ स्वागत गर्दै आगामी दिनमा पर्यटन प्रबर्द्धनका लागि पर्यटकिय क्षेत्रमा कार्यक्रमहरु गरिने समेत स्पस्ट पारेका थिए ।
काममा सधै व्यस्त रहने फोटोग्राफर आज भने बनभोज कार्यक्रममा रमेका थिए । कार्यक्रममा फोटोग्राफर संघका सस्थापक अध्यक्ष निलकन्ठ भट्टराई, बुटवल उपमहानगर पालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, उपाध्यक्ष माधव प्रसाद पन्थ, बरिष्ठ उपाध्यक्ष राम प्रसाद भण्डारी,माधव पन्थ,लक्की दिपक, महासचिव त्रिभुवन पाण्डे महासंघका बरिष्ठ उपाध्यक्षहरु, लुम्बिनी फोटोग्राफर संघमा आबद्ध आजीवन सदस्य, पुराना तथा नयाँ फोटोग्राफर, केन्द्रिय सदस्यका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्