लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डाइनसोरको पाइला भएको सबैभन्दा ठूलो क्षेत्र भेटियो

IMG

तिलोत्तमा पौष २४। वैज्ञानिकहरूले डाइनसोरका पाइला भएको सबैभन्दा ठूलो क्षेत्र फेला परेको बताएका छन् । दक्षिणी इङ्गल्यान्डको एउटा खानीमा विश्वको सबैभन्दा पुरानोमध्येको डाइनसोरका पाइला रहेको ठाउँ भेटेको अक्सफाेर्ड विश्वविद्यालयको प्राकृतिक इतिहास सङ्ग्रहालयका डाक्टर इमा निकोल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


खानी उत्खननका क्रममा १६ करोड ६० लाख वर्षअघि बनेका झन्डै दुई सय वटा पाइला भेटिएका हुन् । गएको वर्षायाममा पत्ता लागेका यी पाइला विश्वकै सबैभन्दा ठूला पदचिह्न रहेको पनि निकोल्सले बताउनुभएको छ । पाइलाहरूको थप अनुसन्धानपछि समय यकिन गरेर सार्वजनिक गरेको उहाँले बताउनुभयो । पाइलाको शृङ्खला एक सय ५० मिटरसम्म लामो छ ।


जुरासिक हाइवे नाम दिइएको त्यस ठाउँमा खानीमा खन्ने उपकरण चलाइरहँदा एक कामदारले पाइलाहरू देखेका थिए । ती पाइलाहरू दुई फरक प्रजातिका डाइनसोरका भएको अनुमान छ । पाइलाहरूबाट ती जनावर कसरी हिँडडुल गर्थे, कति छिटो हिँड्न सक्थे, कस्तो वातावरणमा बाँचिरहेका थिए लगायतका कुराहरू थाहा हुने वैज्ञानिकहरू बताउँछन् ।हड्डीको जीवाश्मबाट भन्दा पाइलाहरूबाट फरक जानकारी प्राप्त गर्न सकिन्छ ।






 

कमेन्ट गर्नुहोस्