लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्रीय समिति बैठक आजै सकिने

IMG

तिलोत्तमा,पौष २३ गते, २०८१। नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ ।बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहालले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराएका छन् । बैठक आजै सकिने पनि बताइएको छ ।


बैठकमा विभिन्न विषयमा छलफल केन्द्रित भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले जितेका १२३ पालिकामा समाजवादी मोडेल अघि सार्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय सरकारलाई समाजवादउन्मुख बनाउने’ १३ बुँदे प्रस्ताव गरेका छन् ।

कमेन्ट गर्नुहोस्