लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भीम रावलको आक्रमण: शंकर पोखरेल र ओलीको नेतृत्वमाथि गम्भीर आरोप

IMG

तिलोत्तमा,पौष १७ गते २०८१। नेकपा एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ)लाई मन्त्री बनाएको आरोप लगाएका छन्। रावलले यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई जिम्मेवार ठहराउँदै पत्रकार सम्मेलनमा उक्त आरोप सार्वजनिक गरेका हुन्।बुधवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई पार्टीमा गरिएको व्यवहारलाई प्रतिशोधपूर्ण भन्दै प्रश्न उठाए।


उनले भने, “शंकर पोखरेललाई ०७८ साल वैशाखमा सेना परिचालन गरेर स्थायी कमिटी बैठकबाट मनाङमा पार्टीको उम्मेदवार बनाएका व्यक्तिलाई मनपरी किसिमले नाम फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ)लाई उम्मेदवार बनाइ, पछि गण्डकी प्रदेशको मन्त्री बनाउने तपाईं नै होइन र?”रावलले थप आरोप गर्दै भने, “तपाईंले कोशी प्रदेशमा परमादेशको आधारमा सरकार बनाउन लगाएको पनि मैले देखेको छु।


०७७ साल माघमा संवैधानिक आयोगमा तपाईंले प्रतिनिधि सभा विघटनलाई संविधान विरोधी ठहर गर्दै बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो। त्यसपछि कोही प्रदेशमा परमादेशको आधारमा किन सरकार बनाउन लगाउनु भयो?”रावलको आरोप पार्टीका आन्तरिक विवाद र केपी शर्मा ओलीको नेतृत्वसँग सम्बन्धित छ। उनले पार्टीमा गरेको व्यवहारलाई प्रतिशोधपूर्ण र अस्वीकार्य बताउँदै आगामी संघर्षका लागि आफ्नो तयारी पनि सार्वजनिक गरे।

कमेन्ट गर्नुहोस्