
तिलोत्तमा,पौष १५ गते।राष्ट्रिय जनमुक्ति पार्टीले गुरूङ समुदायको तमु ल्होसार २०८१ को अवसरमा शुभकामना ब्यक्त गरेको छ ।पार्टीका महासचिव टाेप अस्लामीले एक शुभकामना सन्देश जारी गरी नेपालको एक मुख्य जाति गुरुङहरुको महान पर्व पुष १५ (तमु ल्होसार २०८१) को पावन अवसरमा सम्पूर्ण गुरुङ (तमु) दाजुभाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, सुखशान्ति तथा सम्वृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।
स्वदेश तथा विदेशमा रहने सम्पूर्ण गुरुङ दाजुभाई तथा दिदीबहिनीहरुले ठाउँ अनुसार संयुक्त रुपमा मनाईने यो पर्व अझै हर्षोल्लासपूर्ण रुपमा सम्पन्न होस् भन्ने कामना गर्दै शुभकामना सन्देशमा परिवर्तनको मसिंहा भएको हुँकार गर्दै जनमत पाएर सत्तासिन हुँदै आईरहेका दलहरु नै सयौं वर्षदेखि उत्पीडनमा परेका/पारिएका नेपाली जनता (विभिन्न जातजाति÷वर्ग÷समुदाय÷भूगोल÷क्षेत्र÷लिङ्ग) हरुको सवालमा व्यवहारमा उदासिन देखिएको यथार्थ दिनको घाम जत्तिकै छर्लङ्ग भएको उल्लेख गरिएको छ।नेपाली जनताको चाहना, आवश्यकता साथै आकाँक्षाहरु उचित ढङ्गबाट सम्बोधन हुदै जानु पर्नेमा त्यसो हुन नसकीरहेको भन्दै सन्देशमा सत्ताधारीहरुको निहित स्वार्थको कुण्डलीभित्र देशलाई कैद गर्दै एक पछि अर्को निर्वाचनको कथा बुन्ने बाहेक अर्को आधारभूत प्रगति (सन्तुष्टी सम्म पनि) हुन असम्भव जस्तो बनाईएको जनाइएको छ ।
ठूलो आशा, आवश्यकता साथै आकाँक्षाको सम्बोधनका लागि जनताको बलीदानीबाट प्राप्त उपलब्धीहरुलाई ”वाहियात“ सावित गर्ने गतिविधिहरुले बढी प्रसय पाउँदै गएको भन्दै महासचिव अस्लामीले यस्तो अवस्थामा मूलुकको आधारभूत परिवर्तनको आशा र अपेक्षा राख्ने सबै पक्षले प्राप्त उपलब्धीहरुको रक्षाका लागि एकमत हुनुको विकल्प नभएको बताएका छन् ।समाजमा भईरहेको हर्षोल्लासको वातावरणसंगै प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी र कर्तव्य सम्बन्धमा पनि व्यापक छलफलका लागि प्रेरित हुनु समाज र देशका लागि हितकर हुने स्मरण गर्दै सन्देशमा यस्ता चाडपर्वले नेपालीजनमा थप भ्रातृत्व र सदभावको सदिच्छा व्यक्त गरिएकाे छ ।
कमेन्ट गर्नुहोस्