लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका बालबालिकाको पोषण अवस्थाबारे लेखाजोखा कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,पौष ९ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुपोषण हुन् बाट बालबालिकालाई जोगाउन पोषण लेखा जोखा कार्यक्रम गरेको छ। स्वास्थ्य शाखा तिलोत्तमाको संयोजनमा सेतो गुराँस बाल बिकास केन्द्र रुपन्देहीको व्यवस्थापनमा सोमबार तिलोत्तमा-१७ कानपारामा सो कार्यक्रम गरिएको हो। सामान्यतया कुपोषण खानाको कमीको कारणले हुनेगर्छ। तर, हाम्रो देशमा चाहिँ खाना नभएको कारण समस्या भएको पाइदैन। खाना धेरै छ तर त्यो भएको खानालाई आवश्यक तत्त्व मिलाएर खान नजानेर कुपोषण हुने गरेको छ। बालबालिकालाई दैनिक रुपमा खुवाइने खानामा प्रर्याप्तमात्रामा पोषक तत्वको कमीको कारण कुपोषण हुने गरेको छ। बालबािलकामा अन्य रोग लागेको र समयमा उपचार नभएको कारणले पनि यो समस्या देखापर्छ। 


कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले कुपोषणबाट हुने हानिको न्यूनीकरण गर्दै सभ्य र स्वस्थ समाज निर्माण गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। स्वास्थ्यकर्मीको यस कार्यमा धेरै भन्दा धेरै दायित्व हुने हुनाले कुपोषण बाट कसैको नि अकालमा ज्यान जाने र अन्य शारीरिक मानसिक सम्बेगात्मक बिकासजस्ता कुराहरुमा समेत असर पर्ने हुँदा यसको रोकथाम गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो। 


सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले सुगम नगरपालिका भित्रको कुपोषणको तथ्य डर लाग्दो भएकोले खाना खाएर मात्र नहुने र पोषण युक्त खाना समय-समयमा मिलाएर खाए मात्र आमा र बच्चा दुबैको ज्यान कुपोषणबाट बच्न सक्ने बताउनुभयो। बच्चालाई कुपोषण हुनबाट बचाउन नगरपालिकाले पनि बिशेष कार्यक्रम ल्याएको भन्दै उहाँले स्वास्थ्य संस्थामा त्यस्तो लक्षण देखापरे सम्पर्क गरि पोषण र उपचारतिर लाग्न सबै नगर बासिमा आग्रह गर्नुभयो।    


सो अवसरमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरीसंगै वडा सदस्य सन्त बहादुर बस्नेत, स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेल, स्वास्थ्य कार्यालय प्रमुख चिन्तामणि ज्ञवाली,स्वास्थ्य शाखाका प्रवेश पौडेल, गंगोलियाका स्वास्थ्य शाखा प्रमुख लिलाधर घिमिरे, सेतो गुराँस बाल बिकास केन्द्र रुपन्देहीकि कोषाध्यक्ष गोमती सुनार,कार्यक्रम संयोजक मीनु पुन,सिता भट्टराई, बिन्दु गौतम,टोल बिकास अध्यक्ष त्रिबेणी चौधरी लागयातले आफ्नो धारणा राख्दै पोषणको सहि उपयोग नगर्दा कुपोषण हुने भएकोले यसबाट बच्न सबैको सहयोग उत्तिकै रहने जानकारी दिनुभयो। कार्यक्रममा ६ महिना देखि ५९ महिना सम्मका बालबालिका र उनका अभिभावकलाई पोषण सम्बन्धी कार्ड र पोषणखानाबारे बताइएको थियो। 



कमेन्ट गर्नुहोस्