
तिलोत्तमा,मङ्सिर २९ गते।१० औँ लिटिल प्याराडाइज बिज्ञान तथा हाजिरीजवाफ प्रतियोगिताको उपाधी स्मृति बोर्डिगं स्कुलले जितेको छ । रुपन्देहीको तिलोत्तमा ७ अलवारीस्थित लिटिल प्याराडाइज इग्लिश मिडियम स्कुलको प्रांगणमा शुक्रबार आयोजित प्रतियोगितामा अन्य ५ वटा विद्यालयलाई पछि पार्दै स्मृतिले उपाधी माथी कब्जा जमाएको हो । गत बर्षको साविक विजेता समेत रहेको स्मृतिले जितसँगै नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो भने प्रतियोगितामा शान्ति नमुना माविले दोस्रो तथा सिद्धार्थ बोर्डिँग स्कुलले तेस्रो स्थान हात पार्दै नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतीय हुने विद्यालयहरुलाई कार्यक्रमका अध्यक्ष जितेन्द्र बौडेल, प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुन, शिक्षाविद प्रेम बस्याल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । तिलोत्तमा नगरभित्रका सामुदायिक र निजि गरि कुल १५ विद्यालयबाट ६ विद्यालय छनौट गरि खेलाइएको प्रतियोगिता समापनका अवसरमा मन्तब्य दिदै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले समयसापेक्ष शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको बताए । उनले विषयगत शिक्षण सँगैसँगै विद्यालयले अतिरिक्त एवं सीपमुलक अध्ययन अध्यापनमा समेत विद्यालयले उत्तिकै ध्यान दिएको पनि जनाए । विद्यालयका सहायक प्राचार्य मोहन थारु तथा शिक्षक जनक घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्