लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा १ र २ का वडा समिति र उपभोक्ता समितिलाई योजना समयमै सम्पन्न गर्न अभिमुखीकरण

IMG

तिलोत्तमा, १९ मंसिर २०८१। तिलोत्तमा नगरपालिकाले सबै वडाका उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन एबम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। वडा नम्बर १ र २ वडाका वडा समिति र उपभोक्ता समितिलाई समयमै योजना सम्पन्न गर्न र गुणस्तरिय कार्यसम्पादन गर्न सो तालिमको आयोजना गरिएको योजना शाखा अधिकृत सिता भण्डारीले बताउनुभएको छ। हरेक योजनालाई चुस्त दुरुस्त गराउन र समयमै छिटॊ  र गुणस्तरीयता दिन वडाका सबै उपभोक्ता समितिलाई तालिमको व्यवस्था गरिएको उहाँको भनाई छ। 


नगरपालिकाका बजेटमा छुट्याइएका बिकास निर्माण र योजनालाई समयमै सम्पन्न गर्न र सहि ढंगले पारदर्शी,दीर्घकालीन र कानुनसम्बत निर्माणका लागि यस किसीमको अभिमुखीकरण कार्यक्रम फलदायी हुने योजना शाखाका पशुपति खनालले बताउनुभएको छ।बिगतका दिनमा भएका कमजोरी र उपभोक्ता समितिले खेप्नुपरेको असहज परिस्थिति र दौडधुपलाई शुन्यतामा झार्न यस्ता तालिमले उपभोक्ता समिति र योजना निर्माणमा टेवा पुग्ने उहाँको भनाई छ।  


सबै वडामा क्रमैसंग सम्पन्न गर्ने गरि शुरु गरिएको सो तालिमको अबसरमा प्रशिक्षण दिदै स्थानीय स्तरमा नागरिकको चासो र निगरानी बिना बिकास निर्माणको औचित्य नहुने बताएका छन्। वडाभित्र रहेका बिभिन्न टोल समितिका पदाधिकारीहरु एबम सदस्यहरुलाइ नगरपालिकाका बिकास योजना निर्माण,उपभोक्ता समितिका काम कर्तब्य अधिकार तथा काम गर्ने तरिका र बिधिका कारणबारे योजना शाखाका सिता भण्डारी र पशुपति खनालले सहजीकरण गर्नुभएको थियो।अभिमुखीकरण कार्यक्रममा २ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य , वडा सदस्यहरू, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी एबम प्रतिनिधीहरुले राखेको प्रतिक्रियामा अन्तरक्रिया मार्फत जिज्ञासा समाधान गरिएको थियो।  सो कार्यक्रमममा योजना सम्पन्न गर्न के के  कुरामा ध्यान दिने भन्ने बारेमा उपभोक्ताहरुले जिज्ञासा समेत राखेका थिए।

कमेन्ट गर्नुहोस्