
तिलोत्तमा, मङ्सिर १७ गते २०८१। नेकपा माओबादी केन्द्र तिलोत्तमाले आफ्नो वादागत अधिबेशनलाई तिव्र पारेको छ। सोहि अनुसार नेकपा माओबादी केन्द्र तिलोत्तमाको वडा नम्बर ३,४, १३ र १४ मा नयाँ नेतृत्वमा वडा कमिटि चयन गरेको छ। जस अनुसार वडा नम्बर-३ को अध्यक्षमा केदार कट्टबाल, वडा नम्बर-४ को अध्यक्षमा के.लभ्ली केमिकल्स, वडा नम्बर-१३ को अध्यक्षमा कमल खनाल,वडा नम्बर-१४ को अध्यक्षमा तारा गुरुङ चयन भएको नेकपा माओबादी केन्द्र तिलोत्तमा नगर कमिटिका प्रचार बिभाग प्रमुख अनिल चापागाईंले जानकारी दिनुभयो। क्रमैसंग सबै वडाको अधिबेशन सम्पन्न गर्दै नगर कमिटिको समेत अधिबेशन सम्पन्न गर्न पार्टी अगाडी बढेको समेत उहाँले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्