लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नागरिक समाज रुपन्देहिको छैठौ साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न

tillotmacitynews - 2024 Dec 01 11:17 PM
IMG

तिलोत्तमा, १६ मंसिर २०८१। आत्मा साक्षी राखि मन बचन र कर्मले राष्ट्रको सेवा गरौ भन्ने नारा सहित स्थापित सस्था रुपन्देही नागरिक समाज  रुपन्देहिको छैठौ साधारणसभा तथा तेस्रो अधिबेशन तिलोत्तमा ७ भलवारिमा सनिवार सम्मपन्न भएको छ। रुपन्देही नागरिक समाजका अध्यक्ष इश्वरि प्रसाद चापागाईंको अध्यक्षता र सर्बोच्च अदालतका पुर्ब न्यायाधीश तेज बहादुर केसिको प्रमुख आतिथ्यतामा भएको थियो।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि तेज बहादुर केसिले प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र स्थापनामा नागरिक समाजको ठुलो योगदान रहेको र लोकतान्त्रिक गणतन्त्रलाइ बचाइराख्न हामि सबै जना सचेत रहनु पर्ने बताए ।


सस्थाका अध्यक्ष इश्वरि प्रसाद चापागाईं कार्यक्रममा बोल्दै जतिबेला राज्य निरंकुश बन्छ त्यतिबेला नागरिक समाजको भुमिका अत्यन्तै ठुलो र अहम रहने भएकोले सरकार तथा सरोकार वाला निकाएलाइ हरेक क्षणमा खबरदारि गर्नु  बताए। कार्यक्रममा मानब अधिकार आयोग लुम्बिनी प्रदेशका कार्यालय प्रमुख हरिप्रसाद ज्ञवालि, जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सहाय प्रमुख चिरञ्जीवी राना,  राजेन्द्र सुबेदि, इश्वरि प्रसाद पाण्डेलगाएतले शुभकामना  मन्तव्य राखेका थिए।


अधिबेशनमा बिस जना आजिबन सदस्यहरुलाइ आजिबन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको स्वागत बरिस्ठ उपाध्यक्ष श्रीराम गुप्ताले गर्नु भएको थियो भने सन्चालन सस्थाका सचीव तुल्सा शर्मा वाग्लेले गर्नु भएको थियो।तेस्रो जिल्ला अधिबेशनले अध्यक्षमा अमित गुप्ता, बरिस्ठ उपाध्यक्ष सारदा पोखरेल, उपाध्यक्ष कल्पना अर्याल, महासचिव दिपक अर्याल, सचीव तुल्सा शर्मा वाग्ले, कोषाध्यक्ष इश्वरि प्रसाद पाण्डे, सदस्यहरुमा नरेन्द्र क्षेत्रि, शेखर काफ्ले, र अरुण कुमार श्रेष्ठ लाइ चयन गरेको छ।

कमेन्ट गर्नुहोस्