
तिलोत्तमा, १६ मंसिर २०८१। इतिहास, भाषा, सस्कृति संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र ! जातिय पहिचान र स्वयत्त शासन सहितको लोकतान्त्रिक संघिय गणतन्त्र भन्ने मुल नाराका साथ नेपाल मगर संघ तिलोत्तमा वडा समितिको आयोजनामा धन्यवाद कार्यक्रम सनिवार तिलोत्तमा कुन्जलापुर पार्कमा सम्मपन्न गरेको छ।
नेपाल मगर संघ तिलोत्तमा वडा समितिका अध्यक्ष बलबहादुर राना मगरको अध्यक्षता तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाडले नेपाल जात जाति भाषा सस्कृति धेरै भएको देश भएको र ति सस्कृति हामि सबैको भएको बताउदै त्यो सस्कृतिलाइ हामिले बचाइ राख्नु पर्ने हाम्रो दायित्व हुने बताए। नेपाल मगर संघको अब बन्ने भबनलाइ प्रदेश सरकारमा बजेट माग गर्ने र बाकि नगर पालिकाको बजेट ब्यबस्था गर्ने आश्वासन दिएका छन।
तिलोत्तमा नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष आश्विन पौडेलले कार्यक्रममा बोल्दै अब बन्ने नयाँ भबनमा जाने बाटोमा समस्या देखिएकोले अबको बजेटमा बजेट बिनियोजन गरि सहयोग गर्ने बचन गरेका थिए। सस्थाका अध्यक्ष बलबहादुर राना मगरले मगर संघको भवन निर्माण पस्चात मगर कल्चरका पोशाक जातिय रहनसहनका बस्तुलाइ खोजि गरि संरक्षण त्यसलाई संग्रहलयको रुपमा विकास गर्ने बताए।गत बर्षको भैलो बाट २८लाखको दुइ कठ्ठा जग्गा खरिद गरिएको थियो अहिलेको भैलो बाट ८ लाख जम्मा गर्न सफल भएको र सो रकमले अहिले नेपाल मगर संघ वडा समितिको भवन निर्माण गरिने भएको छ।
भैलो कार्यक्रम तथा विभिन्न चरणमा सहयोग गर्ने सहयोगि ब्यक्तिहरुलाइ र भैलोमा सहभागी कलाकारहरुलाइ सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत उपाध्यक्ष चक्र प्रसाद पुन मगरले र सदस्य बुद्धि थापा मगरको सन्चालनमा सम्मपन्न भएको थियो।
कमेन्ट गर्नुहोस्