लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१३ मा ४३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

IMG

तिलोत्तमा,२०८० मंसीर १३ गते।रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । एक कार्यक्रमका बिचमा  ४ सय ३० जना जग्गा धनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो ।यो सुरुवात चरण रहेको र  छुट भएका जग्गा धनीले कार्यालयमा सम्पर्क गरी जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रकृया थाल्न सक्ने नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।


सो अवसरमा बोल्दै उपप्रमुख जगेश्वर देबी चौधरीले जग्गा भोग गरेर लालपुर्जाका लागि जोतभोग गरेकाको संघर्ष अतुलनिय रहेको र छिट्टै अन्य खालका जग्गा लालपुर्जा पुनर्नापी पछि सबै वादमा क्रमैसंग बिस्तार गर्दै हस्तान्तरण गरिने जानकारी दिनुभयो। कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वर देबी चौधरी,नापी कार्यालय प्रमुख सुग्रिव यादव,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,वडा न १३ का अध्यक्ष नारायण ढकाल,नापी अधिकृत सन्दिप डढकाल लगायतले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्नुभयो ।

कमेन्ट गर्नुहोस्