लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वविद्यालयको कार्यक्रमका लागि प्रधानमन्त्री ओली लुम्बिनीमा

IMG

तिलोत्तमा सिटी,  २०८१ मंसिर १४ गते। प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुग्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहका लागि उहाँ लुम्बिनी आउनुभएको हो । 


प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विमानस्थलमा स्वागत गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुनुहुन्छ । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ जना विद्यार्थी दीक्षित हुँदैछन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले केही बेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्