लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुर्व गृहमन्त्री लामिछानेको बयान सकियो,शुक्रबार बिहानै पोखरा पठाइने

IMG

तिलोत्तमा,२९ कात्तिक।पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बिहीबार) भैरहवा नै राखिने भएको छ । उनलाई भोलि (शुक्रबार) बिहान कास्की पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  


रुपन्देहीका एसपी रञ्जित राठौरले आज जिल्ला प्रहरी कार्यालयमा नै राखिने र भोलि बिहान कास्की पठाउने बताए । प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो ।रविलाई कास्कीबाट मंगलबार भैरहवा ल्याएको थियो । बुटवलको सुप्रिम सहकारी रकम सङ्गठित रूपमा ठगी गरेको आरोप उनीसँग तीन दिन बयान लिइएको थियो । 


कमेन्ट गर्नुहोस्