लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका स्वास्थ्यकर्मीहरुलाई शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न

IMG

तिलोत्तमा,२९ कात्तिक।रूपन्देहीको तिलोत्तमा नगरपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण “परियोजना अन्तर्गत स्वास्थ्यकर्मीहरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तालिमको बुधबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले शुभारम्भ गर्नुभएको हो। साे अवसरमा नगर उपप्रमुख चौधरीले यस क्षेत्रमा यो समयमा पनि कुपोषण भएको खबर र तथ्यांकमा आफु दुखि भएको बताउनुभएको छ। बालबालिकाहरुलाई कुपोषण हुन नदिन, सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधी, कर्मचारी, सथानीय सरोकारवाला सबै एकजुट भएर लाग्नु पर्ने बताउदै नगर उपप्रमुख चौधरीले कुपोषण भइहाले उपचार गरी निकाे बनाउन र त्यस्ता समुदाय र परिवारको निगरानी गर्न आग्रह समेत गर्नुभयो ।तिलोत्तमालाई स्वास्थ्य र शिक्षाको हवकाे रूपमा विकास गर्न नगरपालिकाले ठुलो लगानी गरेकोलेयस्ता खाले अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गर्नुभयो।


तालिमको उदेश्य बारे प्रकाश पार्दै  तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बालबालिकालाई कुपोषण हुनबाट जाेगाउन र भएका बालबालिकाकाे उचित उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूका लागि पुनर्ताजगी तालिम आयोजना गरिएको जानकारी गराए।यस किसिमको तालिम सबै स्वास्थ्यकर्मी संगै स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि दिनुपर्ने बताउनुभएको थियो ।तालिम उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वर देवी चौधरी,जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख चिन्तामणी ज्ञवाली,स्वास्थ्य कार्यालय रूपन्देहीका पाेषण फाेकल पर्सन तथा सुचना अधिकारी टीकाराम अधिकारी,सेतो गुराँस वालविकास सेवा रुपन्देहीका पुर्व अध्यक्ष शकुन्तला देवी पुन,  कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठ,र प्रशिक्षकको रुपमा “पोषण मार्फत जीवन रुपान्तरण “परियोजना हेलन कलर प्रदेश संयोजक भरत शर्मा,फिल्ड संयोजक निरज भट्टराई लगायतले बालबालिकालाई पाेषणकाे आवश्यकता र महत्त्व बारे आ-आफ्नो भनाइ राखेका थिए ।


सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।तालिममा बालबालिकाहरुको कुपोषणको अवस्था तथा हटाउने बारे प्रशिक्षण दिइएको थियोे । तिलोत्तमा नगरपालिकामा कार्यरत सेतो गुराँस तिलोत्तमाका सिता भट्टराई र बिन्दु गौतमलगायत ४० बढी स्वास्थ्यकर्मीहरूकाे सहभागिता रहेकोे तालिमको संचालन तिलोत्तमा स्वास्थ्य शाखाका फोकल पर्सन प्रवेश पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो। साे अवसरमा सेतो गुराँसकाे तर्फबाट तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख चौधरीलाई नगरपालिकाका लागि आवश्यक हाइट बाेर्ड र ताैल मेसिन हस्तान्तरण गरिएको थियो।कार्यक्रममा पोषणका लागि सुनौलो हजार दिनका खाद्य सामग्री समेत प्रदर्शन गरिएको थियो। 


कमेन्ट गर्नुहोस्