लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ

IMG

तिलोत्तमा,२८ कात्तिक। कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा लागुऔषधसहित कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको विशेष सर्च अप्रेशनका क्रममा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित कारोबारीलाई पक्राउ गरिएको हो ।मङ्गलबार राति ९ बजे आएको विशेष सूचनाको आधारमा कृष्णनगर प्रहरीले सर्च अप्रेशन चलाएको र कृष्णनगर ३ हनुमानगढीबाट उक्त परिमाणको लागुऔषधसहित स्थानीय १९ वर्षीय सिकन्दर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।


ठूलो मात्रामा लागुऔषध नेपाल भित्रन लागेको सूचनाको आधारमा समूह बनाई प्रहरी परिचालन गरिएको र सोहीअनुसार उपलब्धि हात परेको कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । पक्राउ परेका चौहानले दिएको जानकारीका आधारमा अन्य स्थानमा समेत लुकाइराखेको लागुऔषध ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ ।कृष्णनगर प्रहरीले यसअघि पनि ठूलो मात्रामा नेपालमा प्रतिबन्धित औषधिजन्य लागूऔषधसहित कारोबारीहरु पक्राउ गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्