लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा व्यक्तिगत घटनादर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा ,२०८० चैत्र १२।  तिलोत्तमा नगरपालिका सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्विढिकरण आयोजना र अनलाइन प्रणाली सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।  नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा नगर उपप्रमुख जागेश्वरी देवी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष र सचिवहरुलाई सो बिषयमा जानकार गराइएको थियो।  


तालिम उद्घाटन गर्दै  नगरप्रमुख खाणले व्यक्तिको व्यक्तिगतको जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्बन्धविच्छेद जस्ता घटनाहरुको अनिवार्य रुपमा समयमै दर्ता गरी व्यक्तिको घटना कानूनीस्तर कायम गर्न तालिमले सहयोग पुग्ने बताउनुभयो । व्यक्तिगत घटना दर्ता प्रणलीलाई राज्यको प्रशासनिक अभिलेख र जनसांख्यिक तथ्यांकको लागि आधारस्तरभको रुपमा लिएको बताउँदै व्यक्तिगत घटनाको स्थानिय  निकाय देखि केन्द्रीयस्तरसम्म जनसांख्यिक तथ्यांकको विवरण प्राप्त गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।


सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले ढिलो समयमा हुने घटना दर्ताले व्यक्तिलाई मात्र असर वा प्रभाव नपारी समाज, राष्ट्र वा त्यस भन्दा बाहिर गएर क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरसम्म सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक जनसाख्यिक रुपमा व्यक्तिगत घटनाले प्रभाव पार्ने बताउदै समयमै आफ्नो घर समाज परिवारमा घट्ने व्यक्तिगत घटना दर्ताप्रति सबैले चासो दिनुपर्ने बताउनुभयो । 


कार्यक्रममा बोल्दै नगरका निमित्त प्रमुख प्रसासकिय अधिकृत गंगाराम आचार्यले राज्यको प्रमुख ध्येय नागरिकहरुको सुरक्षा र हक हितको प्रवद्र्धन गर्ने बताउँदै नागरिकहरुलाई राज्यवाट प्रंदान गरिने सेवा सुविधा सरल, सहज र प्रभावकारी रुपमा जवाफदेही र उत्तरदायीत्वका साथ प्रदान गर्न नागरिकहरुको अभिलेख व्यवस्थापन गरिनु आवश्यक भएकोले घट्ना दर्तालाई सहज बनाउन अनलाइन सेवा प्रदान गरिएको र त्यसको भरपुर उपयोग नागरिकले लिनुपर्ने बताउनु भयो । मानिसले नबुझेर ढिलो व्यक्तिगत घटना दर्ता गर्ने गरेको बताउँदै व्यक्तिका जीवनमा निरन्तर घटिरहने जन्म, मत्यु, विवाह आदि व्यक्तिगत घटनाहरु यथासक्य घटना घटेको ३५ दिन भित्रै दर्ता गरी व्यक्तिको पहिचान तथा कानुनी अधिकार स्थापना गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।  तालिममा पहिलो दिन ५२ जना र दोस्रो दिन ७१ जनालाई प्रशिक्षण दिइएको थियो ।


प्रशिक्षण कार्यक्रममा व्यक्तिगत घटना दर्ताको परिचय, अवधारणा र विकास, महत्व र उद्देश्य, व्यक्तिगत घटना दर्ता प्रक्रिया र आवश्यक कागजपत्रहरु, घटना दर्ता गर्ने कर्तव्य भएको व्यक्तिको बारेमा जानकारी, सूचकले भर्नुपर्ने अनुसूचिका बारेमा जानकारी, घटना विवरण सच्याउने आवश्यक कागजपत्र र तरिका तथा न्यायिक समितिमा उजुरी दिने प्रक्रिया तथा न्याय सम्पादन र अनलाइन प्रणालीका विषयमा जानकारी प्रदान गरिएको थियो । नगरपालिकाकै हलमा संचालन भएको प्रशिक्षण कार्यक्रममा रास्ट्रीय परिचय पत्र तथा पंजीकरण बिभागका प्रणाली प्रमुख निर्मल शर्माले सहजीकरण गर्नुभएको थियो भने ,दोस्रो दिन  सामाजिक सुरक्षा तथा पंजीकरण विभागका एम आइ एस टिम लिडर निर्मल शर्मा, पंजीकरण उपशाखा तिलोत्तामाका एम आइएस टिमका युवराज तिवारी, मोहन न्यौपाने लगाएतले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्