लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाऊन्नकोटी सामुदायिक बन उपभोक्ता समूहको २० औँ साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा,२०८१ कात्तिक ३ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिका स्थित बाऊन्नकोटी सामुदायिक बन उपभोक्ता समूहको २०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बाऊन्नकोटी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष लिल बहादुर क्षेत्रीको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।


कार्यक्रमका अध्यक्ष क्षेत्रीले निती तथा कार्यक्रम र आर्थिक बर्ष ०८०/८१ को आम्दानी रु. २ करोड २२ लाख ९९ हजार रुपैयाको यथार्थ बजेट प्रस्तुत गर्नु भएको थियो । यसैगरी ०८०/८१ को ५ करोड ५१ लाख २४ हजार ६  सय ५१ रुपैंयाको आयव्यय प्रस्तुत कोषाध्यक्ष दुर्गी कुमारी रानाले गर्नु भएको थियो भने लेखा समितिको प्रगति प्रतिवेदन संयोजक दिपक गैरेले प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी रुपन्देही क्षेत्र नम्बर ५ का सांसद बासुदेव घिमिरेले आर्थिक, पर्यटन र सामाजिक संमृद्धिका लागि सबैको सहकार्य आवश्यकता भएको बताउनुभयो । उहाँले सम्पूर्ण गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकार संग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो ।सामुदायिक बनमै यस क्षेत्रकै ठुलो बन भएकोले यसको पुर्ण संरक्षण र दिगो ब्यबस्थापन संगै गुरु योजनामा बिकास गर्न आफु प्रतिबद्ध रहेको समेत बताउनुभयो। लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुका वनहरुमा बन्य जन्तु संरक्षण गर्दै पर्यटकिय आधारको बिकास गर्नुपर्ने बताउँदै आर्थिक सुशासनका लागि सबै प्रतिबद्ध रहन आग्रह समेत गर्नुभयो । 


सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दिनानाथ आचार्यले वनको संरक्षण र यसको प्रबर्द्धन गर्दै स्थानिय समाजको बिकासको आधार निर्माण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमका तिलोत्तमा वडा नं. १४ का वडा अध्यक्ष आश्विन पौडेलले वन र वडाले सहकार्य गरेर कार्यहरु अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले वनको उच्चतम बिकासमा हातेमालो गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।


कार्यक्रममा सम्पूर्ण सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला रुपन्देहीका अध्यक्ष श्यामकला आचार्य,बन बिज्ञ दिपक केसी, सल्लाहकार बिष्णु तिवारी,पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा,सहभागी अमर पुन , रुपा भण्डारी लागयातले बोल्दै सामुदायिक वनको व्यवस्थापन गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्न र बनको संरक्षण र यसको आर्थिक सामाजिक कार्यमा निगरानी जरुरी रहेको बताउनु भयो । वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा आम उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बक्ताहरुले बताउनुभयो ।


लक्ष्मण भट्टराईको स्वागतमा शुरु भएको कार्यक्रममा माननीय सांसद सहित, स्थानिय पालिकाका जनप्रतिनिधीहरु, युवा क्लब, आमा समूह, टोल बिकास संस्थाका पदाधिकारीहरु , साबिक चिमटिपका सरोकारवालाहरु , उपभोक्ता समूहका पदाधिकारीहरु समाजसेवी बुद्धिजिवीहरु, पत्रकार लगाएको सहभागिता रहेको कार्यक्रम संचालक बनका महासचिव दिनेश अर्यालले जानकारी दिनु भयो। यस बाऊन्नकोटी सामुदायिक बन उपभोक्ता समूहको १ सय ५४ दशमलव ७५ हेक्टर क्षेत्रफल रहेको छ । जसमा २ हजार ९ सय उपभोक्ताहरु लाभान्वित छन् भने ३ सय ५४ साधारण सभा सदस्य रहेका छन्।यस बनमा हाल मिश्रित बन , टिक बन, सिमसार क्षेत्र,नन्द भाउजु ताल,पिकनिक स्पोट, गौशाला, सिद्धधाम मन्दिर,देवी पंचायन मन्दिर,बाल उद्धान, २ वटा खेलमैदान र पार्किङ्ग क्षेत्र रहेका छन्। 

कमेन्ट गर्नुहोस्