लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलहरुको निर्णय

IMG

तिलोत्तमा,कार्तिक २, २०८१। विपक्षी दलहरुले समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले बाढीपहिरो र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।


बाढीपहिरो पीडितलाई उद्धार तथा राहतमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुको तयारी छ । नागरिकको आवश्यकता सम्बोधन गर्न र सुशासन कायम राख्न सरकार असफल भएको विपक्षी दलहरुको निष्कर्ष छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा भएको बैठकमा संसदकाे विशेष अधिवेशनबारे छलफल भएको छ । 

कमेन्ट गर्नुहोस्