
तिलोत्तमा,असोज ३०, २०८१।नेपाल प्रहरी दिवसको अवसरमा सुरक्षित यात्रा नेपाल सम्मानित भएको छ। नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा नेपाल प्रहरी लुम्बिनी प्रदेशले सुरक्षित यात्रा नेपाललाई सम्मानित गरेको हो। नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयले प्रहरी दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरीको सहकार्यमा दुर्घटना न्युनिकरण, ट्राफिक सचेतना तथा सुरक्षित यात्रा अभियान सञ्चालन गरेकाले सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलवासेलाई प्रशंसा पत्रले सम्मान गरेको हो।
यसैगरि सोहि अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेललाई समेत यातायात क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय दाङ प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । नेपाल प्रहरीले आफ्नो ६९ औ स्थापना दिवस विविध कार्यक्रम सहित प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सम्पन्न गरेको छ। नेपाल प्रहरी २०१२ साल असोज ३० गते स्थापना भएको हो।
कमेन्ट गर्नुहोस्