लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी कांग्रेस प्रदेश सभाको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त

IMG

तिलोत्तमा,२०८१ असोज २३ गते।नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा रुपन्देहीका सांसद जमुना ढकाल नियुक्त भएकी छन् । दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधवार दलको प्रमुख सचेतक नियुक्त गरेका हुन् ।यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले साउन २१ गते राजीनामा दिएपछि रित्त पदमा ढकाललाई नियुक्त गरिएको हो ।


भदौं ३१ गते दल सचेतक निमा गिरीले पनि राजीनामा दिएकी छन् । खाली रहेको सचेतक पदमा पनि दशै लगत्तै अर्को कोहि कसैलाई नियुक्त गरिने दलका नेता चौधरीले बताए। समानुपातिकतर्फ निर्वाचित ढकाल कांग्रेस संस्थापन समूहकी हुन् ।सरकारमा सहभागी कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

कमेन्ट गर्नुहोस्