लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हरियाणाको प्रारम्भिक रुझानमा कांग्रेसलाई झट्का

IMG

तिलोत्तमा,२०८१ असोज २२ गते।हरियाणाको विधानसभा चुनावको प्रारम्भिक रुझानले कांग्रेसलाई झट्का लागेको छ ।एक्जिट पोलको नजिता सार्वजनिक भएसँगै कांग्रेस नेताहरु सरकार बन्नेमा ढुक्क देखिएका थिए । मुख्यमन्त्रीका आकांक्षीहरु पनि उत्साहित देखिएका थिए ।मंलगबार मत गणनामा पनि सुरुको एक घन्टापछि कांग्रेस, बीजेपीभन्दा निकै अगाडि देखिएको थियो । तर एक घण्टामै पासा पल्टियो र भाजपा खेलमा फर्कियो । अर्को एक घण्टामा भाजपा एक्जिट पोलहरुलाई गलत साबित गर्दै अगाडि बढ्यो ।


अझै थुप्रै चरणको गणना बाँकी छ । त्यसैले बीजेपीको बहुमत पुग्दै पुग्दैन भन्न सकिन्न ।तर कांग्रेसलाई झट्का लाग्ने निश्चित भइसक्यो । भारतीय सञ्चार माध्यमहरुका अनुसार कुल ९० सिटको विधानसभामा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ ।२०१९ मा भाजपाको ४० सिट थियो । यो नजितामा ठूलो हेरफेर नभए पछिल्लो १० वर्षदेखि सरकारमा रहेको बीजेपीले हरियाणामा ह्याट्रिक गर्नेछ ।कांग्रेसले ९ सिट जितेको छ ।


ओलम्पियन विनेश फोगाटले पनि चुानव जितेकी छन् । चुनावको केही अगाडि मात्र उनी कांग्रेस प्रवेश गरेकी थिइन् । उनले ६५ हजार ८० मत पाइन् ।२७ सिटमा कांग्रेस अगाडि छ । उसले २०१९ मा ३१ सिट जितेको थियो ।अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) मात्र एक सिटमा अगाडि देखिएको छ । आपले ८८ सिटमा प्रतिस्पर्धा गरेको थियो ।

कमेन्ट गर्नुहोस्