लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरसफाई अभियानमा तिलोत्तमा बासीको बाहुल्यता

IMG

तिलोत्तमा,२०८१ असोज २ गते। ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा भन्ने नारा सहित तिलोत्तमा नगरपालिकाले नगरको सरसफाईमा स्थानीयलाई जागरूक गराउँदै आएको छ ।हरेक महिनाको १ गते आयोजना हुने सामुहिक सरसफाईमा तिलोत्तमा नगरपालिका अन्तर्गतका स्थानीय टोल विकास संस्था, आमा समूह, क्लब, स्थानीयलाई नगर भित्रका मुख्य सडक तथा टोल छिमेकमा सरसफाई गराउँदै आएको छ ।


सरसफाई कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरको सरसफाई र सुन्दरीकरणमा नगरबासीको ठूलो भूमिका रहेको बताए । नगरमा हुने गरेका हरेक कार्यक्रममा जनताको सहभागिताले काम गर्ने हौसला मिलेको उनले बताए । उप प्रमुख जगेश्वर देबी चौधरीले दिदिबहिनीहरूको सहयोगले सरसफाई कार्यक्रम सफल भएको बताइन् ।कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेल लगायतले बोलेका थिए । तिलोत्तमामा हरेक महिनाको १ र १५ गते निरन्तर रुपमा सरसफाई अभियान चलेको छ। 


कमेन्ट गर्नुहोस्